Advertisement Banner
Advertisement Banner

२६ आइतबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

छ महिनामा ४ लाख नेपाली बिदेसिए

०६ आइतबार , माघ २०८१७ महिना अगाडि

छ महिनामा ४ लाख नेपाली बिदेसिए

चालु आर्थिक वर्षको ६ महिनामा झण्डै ४ लाख नेपाली वैदेशिक रोजगारीका लागि बिदेश गएका छन् । आर्थिक वर्षको साउनदेखि पुस सम्मको ६ महिनाको अवधिमा ३ लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएर विदेश गएका हुन् ।

वैदेशिक रोजगार विभागका अनुसार ६ महिनाको अवधिमा ३ लाख ९३ हजार ६७ जनाले विदेश काम गर्न जानका लागि श्रम स्वीकृति लिएका थिए । जसमध्ये पुस महिनामा मात्रै ६७ हजार जनाले विदेश जानका लागि श्रम स्वीकृति लिएको बताइएको छ ।

व्यक्तिगत तबरबाट १ हजार ८५ जना बाँकि मेनपावरबाट गरि कुल ६७ हजार २ सय ५८ जना वैदेशिक रोजगारीमा गएका हुन् । विभागका अनुसार ६ महिनाको अवधिमा पुसबाहेकमात्रै व्यक्तिगत तबरबाट ५४ हजार ३ सय ७४, मेनपावरबाट १ लाख ३१ हजार ८ सय ५०, पुन श्रमस्वीकृतिबाट १ लाख ३५ हजार ४ सय २५ तथा जीटुजीमार्फत ४ हजार १ सय ६० जनाले विदेश जानका लागि श्रम स्वीकृति लिएको जनाइएको छ ।