Advertisement Banner
Advertisement Banner

२३ बिहिबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

मकवानपुर र काठमाडौँ जोड्ने दुई सडक पुनःसञ्चालन

०८ मंगलबार , माघ २०८१७ महिना अगाडि

मकवानपुर र काठमाडौँ जोड्ने दुई सडक पुनःसञ्चालन

मकवानपुर-काठमाडौँ जिल्ला जोड्ने दुई सडक पुनःसञ्चालनमा आएका छन् । यसअघि सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको दुई सडक पुनःसञ्चालनमा आएका हुन् ।

सडक स्तरोन्नति तथा मर्मतपछी पुनःसञ्चालनमा आएको थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) र माता तीर्थ सडक आजदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् । उनका अनुसार उक्त दुवै सडक स्तोन्नतिका लागि गत पौष ७ गते र पौष २२ गतेबाट बन्द गरिएको थियो ।

यसैगरी, मकवानपुर–काठमाडौँ जोड्ने कुलेखानी–फाखेल सडकखण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेको पनि प्रनाउ अर्यालले जानकारी दिएका छन् ।