Advertisement Banner
Advertisement Banner

२३ बिहिबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

०९ बुधबार , माघ २०८१७ महिना अगाडि

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

नेपालगञ्जमा अत्याधिक चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा दिइएको छ । अत्याधिक चिसो बढेपछि माघ ९ गतेदेखि ११ गतेसम्म तीन दिन सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिईएको हो ।

मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुने गरी बिदा दिइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताएका छन् । उनले चिसोका कारण विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको जनाएका छन् ।

चिसो बढेपछी अभिभावकले पनि बिदाका लागि अनौपचारिक रूपमा विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएको बताइएको छ । त्यस्तै यसअघि अन्य जिल्लाका स्थानीय तहले पनि अत्याधिक जाडो बढेपछी केहि दिनका लागि विद्यालय बन्द गरेका थिए ।