Advertisement Banner
Advertisement Banner

०५ आइतबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

कवाड व्यवसायीको रोजगारी खोस्न लागेको भन्दै जसपाको विरोध

०९ बुधबार , माघ २०८१४ महिना अगाडि

कवाड व्यवसायीको रोजगारी खोस्न लागेको भन्दै जसपाको विरोध

काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीलाई बेरोजगार बनाउन खोजेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध गरेको छ । पार्टीका प्रवक्ता मनिषकुमार सुमनले आज विज्ञप्ति जारी गर्दै वातावरण सरसफाईको नाममा महानगरले लाखौं कवाड व्यवसायीको रोजगारी खोस्न लागेको बताएका हुन् ।

सरकारबाट अनुमति प्राप्त गरेर महानगरमा विगत २५ वर्षदेखि कवाड व्यवसाय गरी राज्यलाई राजस्वसँगै रोजगारी सिर्जना गर्दै आएका कवाड व्यवसायीहरुलाई अहिले आएर महानगरले बेरोजगार बनाउने प्रयास गरिरहेको जसपाको ठहर छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘देशमा सञ्चालित उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थ उपलब्ध गराउनुको साथै वातावरणीय सरसफाईमा समेत महत्त्वपूर्ण योगदान गरिरहेको अवस्थामा हाल आएर काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरुलाई कुटपिट, गालीगलौज, दमन, उत्पीडन र अभद्र व्यवहार गरी कवाड व्यवसायलाई रोक्न खोज्नु र लाखौं व्यक्तिहरुलाई बेरोजगार बनाउने प्रयास गर्नु अत्यन्त पूर्वाग्रही, गलत र निन्दनीय रहेको छ ।’

यस्ता कार्यलाई यथाशीघ्र बन्द गरी कवाड व्यवसायीहरुको सुरक्षासँगै स्वतन्त्र रुपले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने मौलिक अधिकारको प्रत्याभूति गराउन जसपाले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।