
माघ महिना लागेपछि केहि दिनयता काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा तापक्रम बढ्न सुरू भएकाे छ । अहिले देशकाे विभिन्न स्थानमा अधिकतम र न्यूनतम तापक्रम विस्तारै बढ्न सुरू भएसँगै तापक्रम बढ्न सुरू भएकाे हाे ।
निकै लामाे समयदेखि वर्षा नभएकाे र भारतमा उच्च चापीय प्रणाली रहेको कारण त्यसकाे असरले नेपालकाे तापक्रम बढेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जनाएका छन् ।
महाशाखाका मौसमविद् अधिकारीका अनुसार न्यूनचापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने भएकाले उच्चचापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्न बताएका छन ।
तसर्थ केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने हुनाले अहिले जसरी तापक्रम बढेको छ साेहि ‘रेसियो’मा तापक्रम नबढ्ने उनकाे भनाइ रहेकाे छ ।