
नेपाल टेलिकमको डाटा सेन्टरको भौतिक पूर्वाधारको ठेक्का चिनियाँ कम्पनी हुवावे पाएको छ । कम्पनीले टेलिकमको काठमाडौँ र भैरहवामा बन्ने डाटा सेन्टरको भौतिक पूर्वाधारको ठेक्का पाएको हाे ।
गोरखा पत्रमा प्रकाशित सूचना अनुसार टेलिकमले दुवै ठाउँमा एकै किमिसको डाटा सेन्टरको भौतिक पूर्वाधारका लागि चिनियाँ कम्पनी हुवावेलाई छानेको जनाएको छ । हुवावेले टेलिकमकाे ४८ करोड ४६ लाख ३८ हजार ७ सय २१ रुपैयाँको डाटा सेन्टरको भौतिक पूर्वाधार बनाउने ठेक्का पाएको हो ।
डेटा सेन्टर बनाउनका लागि आवश्यक चाहिने पावर, सेक्युरी, कनेक्टीभिटी लगायतका भौतिक पूर्वाधार हुवावे कम्पनीले सम्झौता गरेको ९ महिनाभित्रै बनाइसक्नु पर्ने सूचनामा जनाइएकाे छ ।