Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

गैर हाजिर रहेका प्रहरीहरूलाई सात दिने म्याद

१० बिहिबार , माघ २०८११० महिना अगाडि

गैर हाजिर रहेका प्रहरीहरूलाई सात दिने म्याद

गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । आफूखुसी गैर हाजिर रहेका उनिहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको हाे ।

प्रहरी हवलदार रघुनाथ हजाम, ताप्लेजुङको प्रहरी चौकी थेचम्बुमा कार्यरत सहायक हवलदार धनबहादुर कार्कीसहितका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको हाे  ।

उनिहरू आफूखुसी गैर हाजिर भएकाे भन्दै कार्यालयमा हाजिर हुन निर्देशन दिएको हाे । प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज एक सूचना जारी गर्दै गैर हाजिर भएका प्रहरीहरूको नाम-ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।