Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

सामाजिक सञ्जालमा विभेदपूर्ण टिप्पणी गर्नेलाई जरिवाना

१० बिहिबार , माघ २०८१एक बर्ष अगाडि

सामाजिक सञ्जालमा विभेदपूर्ण टिप्पणी गर्नेलाई जरिवाना

सामाजिक सञ्जालमा विभेदपूर्ण टिप्पणी गर्नेलाई अदालतले ३ महिना कैद र ३० हजार जरिवाना गर्ने फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालको एकल इजलासले सामाजिक सञ्जाल फेसबुककमा विभेदपूर्ण टिप्पणी गरेकाे भन्दै उक्त फैसला गरेकाे हाे ।

बुधबार जिल्ला अदालतका न्यायाधीश ढकालले जातीपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गरेको भन्दै दैलेखकको महावु गाउँपालिका ४ का तर्कबहादुर सिंहलाई ३ महिना कैद सजाय र ३० हजार जरिवाना तिराउने फैसला गरेको थियाे ।

समग्र दलित समुदायमाथि अपमान तथा विभेद गर्ने गरी सिंहले सामाजिक सञ्जालमा टिप्पणी गरेको भन्दै दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालका संयोजक गम्भिरसिंह भुलले गत साउन २२ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर गरेकोमा बुधबार अदालतले उक्त फैसला गरेको हो ।

यसअघि गत साउन २ गते कर्णाली प्रदेश सरकारका प्रमुखको निजी सचिवालयमा नियुक्ति भई कार्यरत कर्मचारीको विवरण उल्लेखित सूचना प्रकाशित भएकोमा उक्त सूचनामा विनोद बुढा नाम गरेका व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा कर्मचारीलाई जातीय भेदभाव गर्ने गरी ‘सबै डुम छन् त यार अरु कोही रहेनछन् त’ भन्दै टिप्पणी गरेका थिए ।

गपतब टिप्पणीले जातीय विभेद हुने गरी सिंगो दलित समुदायको आत्मसम्मानलाई चोट पुर्‍याउने र सामाजिक सद्भाव भड्काउने कार्य गरेको भन्दै भुलले अदालतमा रिट निवेदन दायर गरेका थिए ।