Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पेट्रोलियम पदार्थ आयातबाट झण्डै ३७ अर्ब राजस्व संकलन

१० बिहिबार , माघ २०८१एक बर्ष अगाडि

पेट्रोलियम पदार्थ आयातबाट झण्डै ३७ अर्ब राजस्व संकलन

वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको ६ महिनामा पेट्रोलियम पदार्थ आयातबाट झण्डै ३७ अर्ब राजस्व संकलन भएकाे छ । वीरगञ्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ),मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार रूपैयाँ राजस्व संकलन गरेको हाे ।

गत आवको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थ आयातबाट ४ अर्ब बढी राजस्व संकलन भएको छ । चालु आवको ६ महिनामा ४२ अर्ब २४ करोड बराबरको ४ लाख ७९ हजार ७ सय ९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

चालु आवको छ महिनामा २ लाख २० हजार ३ सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट १२ अर्ब ४७ करोड राजस्व दाखिला भएको हाे । ६ महिनामा ८ अर्ब ९ करोड बराबरको ८९ हजार ३ सय ८० किलोलिटर (एटिएफ) आयातबाट १ अर्ब १ करोड तथा रु ३६ करोड २० लाख बराबरको ४ हजार २० किलोलिटर मट्टितेल आयातबाट १० करोड राजस्व संकलन भएको बताइएको छ ।

त्यसैगरि आव २०८०/८१ को ६ महिनामा ८८ अर्ब ७८ करोड बराबरकाे ५ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ भने गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३२ अर्ब ९५ करोड ४१ लख ४६ हजार राजस्व संकलन गरेको थियो ।