Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

किसान पहिचान तथा वर्गीकरण गर्न निर्देशन

११ शुक्रबार , माघ २०८१एक बर्ष अगाडि

किसान पहिचान तथा वर्गीकरण गर्न निर्देशन

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान पहिचान तथा वगीकरण गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयले देशभरका स्थानीय तहलाई किसानको पहिचान तथा वर्गीकरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

‘स्थानीय तहले खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ को दफा १४ एवं सोको नियमावली, २०८० बमोजिम किसानको पहिचान तथा वर्गीकरण गर्ने गराउने व्यवस्था मिलाउनुहुन अनुरोध छ,’ मन्त्रालयद्धारा आज जारी सूचनामा उल्लेख छ ।

किसान परिचयपत्र प्राप्त गर्न इच्छुक कृषकलाई सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । यसरी परिचयपत्र प्रदान गरेपश्चात् स्थानीय तहहरुलाई किसान पहिचान तथा सूचीकरण सफ्वेयरमा विवरण प्रविष्ट गर्न भनिएको छ ।