Advertisement Banner
Advertisement Banner

०५ आइतबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

आगलागीमा परि गोरखामा ३ घर जलेर नष्ट

११ शुक्रबार , माघ २०८१४ महिना अगाडि

आगलागीमा परि गोरखामा ३ घर जलेर नष्ट

गोरखा जिल्लाको उत्तरी भागमा रहेको चुमनुब्री गाउँपालिका –६ ताजुमा आगलागीमा परि ३ घर जलेर नष्ट भएको छ । गाउँपालिका–६ ताजुस्थित कुन्साङमा लामाको जस्ताले छाएको २ वटा कच्ची घर र भुकम्प पश्चात् निर्माण भएको १ घर जलेर पूर्ण रूपमा नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखका सूचना अधिकारी प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माका अनुसार बिहीबार साँझ करिब साँढे आठ बजेको समयमा खाना बनाउन लाग्दा ग्याँस चुलोमा बालेको आगो बलोमा सल्किएर आगलागी भएको थियो ।

घरमा लागेको आगो फैलिएर नजिकै रहेको दुई घरमा समेत जलेर नष्ट भएको र उक्त आगलागीबाट ८ वटा गाई ३ वटा गोरु जलेको बताइएको छ । घट्नाको जानकारी पाए लगत्तै चुम्चेत प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेपछि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।