
कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली भएकाे छ भने तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भूभागमा आंशिक बदलीसँगै तराईमा हुस्सु र कुहिरो लागेकाे हाे ।
कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेकाे छ । दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेकाे र मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
त्यसैगरि आज काठमाडौंकाे माैसम दिनभरि आंशिक बदली हुने बताइएकाे छ । काठमाडौंको बिहान पौने ६ बजेकाे न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएकाे छ । हिँजाे शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
महाशाखाका अनुसार आइतबार बिहान काठमाडौंको आकाश बादलले ढाकेका कारण न्यूनतम तापक्रम केही बढेको बताइएको छ । चिसो महसुस भए पनि बादलले आकाश ढाकेकाले तापक्रम बढेको मौसमविद्काे भनाइ रहेकाे छ । आज काठमाडौंकाे अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसबीच रहने अनुमान गरिएकाे छ ।