Advertisement Banner
Advertisement Banner

०५ आइतबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

बस्तु चराउन गएका दुई किशोरी मृत फेला

१३ आइतबार , माघ २०८१४ महिना अगाडि

बस्तु चराउन गएका  दुई किशोरी मृत फेला

अछाम जिल्लाकाे ढकारी गाउँपालिका-१ को जंगल क्षेत्रमा गाईबस्तु चराउन गएका  दुई किशोरी मृत फेला परेका छन् । ढकारी गाउँपालिका-८ काे १४ वर्षीया  ईश्वरा खड्का र साेहि स्थानकाे १४ वर्षीया सरस्वती खड्का शनिबार साँझ ​मृत भेटिएका हुन् ।

उनिहरू शुक्रबार ढकारी-१ मा पर्ने छिन्ने ओडार जंगलमा गाईबस्तु चराउन गएका थिए । उनिहरू दुवै जना साँझ नफर्किएपछि परिवार र आफन्तले खोजी गरेकाेमा शनिबार साँझ साढे ६ बजेतिर जंगलमा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक टेकबहादुर देउवाका अनुसार ढकारी गाउँपालिका-८ का कमल खड्काकी छोरी १४ वर्षीया ईश्वरा खड्का र उदयराम खड्काकी छोरी १४ वर्षीया सरस्वती खड्का शनिबार बेलुकी मृत भेटिएको बताइएकाे छ । दुवै मृत किशोरीकाे बारेमा थप अनुसन्धानका भइरेकाे प्रहरीले जनाएकाे छ ।