Advertisement Banner
Advertisement Banner

०५ आइतबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

विश्वभर ७२ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै

१३ आइतबार , माघ २०८१४ महिना अगाडि

विश्वभर ७२ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै

आज नेपाल लगायत विश्वभरि ७२ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । कुष्ठरोगबाट ग्रसित भएकाहरूलाई जागरूक गराउँदै सम्मान तथा रोगीप्रतिको भेदभाव अन्त्य गर्ने उद्देश्यका साथ १९५४ देखि यो दिवस जनवरी महिनाको अन्तिम आइतबार विश्वभर मनाउन थालिएको हो ।  

यो वर्ष “एकजुट हौं, कार्य गरौं र उन्मूलन गरौं’ भन्ने नारासहित विश्वभर मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै याे दिवस मनाउने तयरी गरिएकाे छ । सन २०१० मा नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरिएको गरएकाे भएपनि नेपालमा बर्सेनी २ देखि ३ हजारका हाराहारीमा कुष्ठरोगका बिरामी फेला पर्ने गरेकाे छ ।

विश्वस्वास्थ्य संगठनले कुष्ठरोग उन्मूलन गर्न सरकार, स्वास्थ्य सेवा प्रदायक, गैरसरकारी संस्था, समुदाय र व्यक्ति लगायत सबै सरोकारवालाहरूको संयुक्त प्रयास आवश्यक रहेको बताएकाे छ । त्यस्तै निदान, नवीन उपचार र पहुँचमा निरन्तर लगानी आवश्यक रहेको पनि संगठनकाे भनाइ रहेकाे छ ।

सन् १८७३ मा पहिलो पटक नर्वेका वैज्ञानिक डा. जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका थिए । त्यसैले यसलाई ह्यानसेन्स रोग समेत भन्ने गरिन्छ । माइकोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म किटाणुको कारणले याे राेग लाग्ने गर्दछ । प्रति १० हजार जनसंख्यामा १ जना भन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ ।