
नेपाली सेनाले जङ्गी अड्डामा फोटो तथा बृहत् प्रदर्शनी आयोजना गर्ने भएको छ । सेनाले मंगलबारदेखि विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हातहतियार र उपकरणको प्रदर्शनी गर्न लागेकाे हाे ।
माघ १५ गतेदेखि फोटो तथा बृहत् प्रदर्शनी गर्न लागेकाे सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ । प्रदर्शनीमा फोटो, हातहतियार र उपकरण,सैनिक पोशाक, सैनिक ब्याण्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयको विविध प्रस्तुति रहने बताइएकाे छ ।
नेपाली सेनाले आम नागरिकलाई नेपाली सेनाकाे विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना हुने गर्न लागेको र प्रदर्शनीबाट आम नागरिकसँगै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई नेपाली सेनाका विभिन्न गतिविधिका बारेमा जानकारी हासिल गर्न सहज हुने विश्वास लिएको सूचना निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
त्यस्तै माघ १५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताइएकाे छ ।