Advertisement Banner
Advertisement Banner

२२ बुधबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

कैलालीमा बाघकाे आक्रमणबाट एक महिला घाइते

१४ सोमबार , माघ २०८१६ महिना अगाडि

कैलालीमा बाघकाे आक्रमणबाट एक महिला घाइते

कैलालीमा गएराति बाघकाे आक्रमणबाट एक महिला घाइते भएकी छन् । कैलालीकाे मोहन्याल गाउँपालिका–७ कुईनेमा छाउगोठमा सुतिरहेकी ४५ वर्षीया सरस्वती विकलाई बाघले आक्रमण गरि घाइते बनाएकाे हाे ।

छाउगोठमा सुतिरेहकी उनलाई बाघले आक्रमण गर्दा टाउको र अनुहारमा चोट लागेको स्थानीयले  बताएका छन् । छाउगोठमा सुतेको बेला बाघले आक्रमण गरेपछि वरपरका मानिसहरूले होहल्ला गर्दा बाघ भागेको थियो ।

बाघकाे आक्रमणबाट घाइते उनलाई अहिले उपचारको लागि लम्किस्थित लालरत्न अस्पताल लगिएको छ । छाउप्रथा सुदुरपश्चिमा अहिले पनि कायम रहेकाे र महिनावारी भएको बेला महिलाहरू छाउगोठमा बस्नु पर्ने बाध्यताले महिला असुरक्षित हुने गरेका छन् ।