Advertisement Banner
Advertisement Banner

२२ बुधबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

तराईमा हुस्सु र कुहिरो जनजीवन प्रभावित

१४ सोमबार , माघ २०८१६ महिना अगाडि

तराईमा हुस्सु र कुहिरो जनजीवन प्रभावित

तराईका धेरै भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको कारण जनजीवन प्रभावित भएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण तराई लगायत देशका बिभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लाग्नुका साथै मौसम आंशिक बदली भएको छ ।

पश्चिमी वायुको सामान्य प्रभावको कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागको मौसम आंशिक बदली हुनुका साथै तराईका धेरै भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशका बाँकी भेगको मौसम मुख्यतया सफा रहेको छ । उक्त चार प्रदेशको मौसम बदली भए पनि वर्षाको सम्भावना नरहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्ने बताइएको छ ।