
काठमाडौंबाट स्रोत नखुलेको झन्डै ४० लाख नगद सहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगद सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ पक्राउ परेका हुन् ।
उनलाई आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले पक्राउ गरेको बताइएको छ ।