Advertisement Banner
Advertisement Banner

०५ आइतबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

ल्होसारको तीन दिन सार्वजनिक बिदा

१४ सोमबार , माघ २०८१४ महिना अगाडि

ल्होसारको तीन दिन सार्वजनिक बिदा

मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको हो ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै ल्होसारको अवसरमा माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको बताएका छन् ।

मञ्जुश्री सम्वत् २८६१ डुल लो–सर्व वर्ष ल्हो सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृतिको कामना व्यक्त गर्दै गाउँपालिका अध्यक्ष मल्लले सो पर्वको अवसरमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तिय संस्थामा तीन दिन बिदा दिइएको बताउए ।