Advertisement Banner
Advertisement Banner

०५ आइतबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

भारतबाट ९० हजार टन गहुँ आयात गरिदै

१५ मंगलबार , माघ २०८१४ महिना अगाडि

भारतबाट ९० हजार टन गहुँ आयात गरिदै

भारतबाट गहुँ आयातका निम्ति सरकारले प्रक्रिया अघि बढाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट ९० हजार टन गहुँ आयात गर्न आवेदन माग गरेको हो ।

इच्छुक फर्म तथा कम्पनीलाई आगामी सात दिनभित्र आवेदन दिन भनिएको छ । विभागका अनुसार एउटा कम्पनीले न्यूनतम एक सय मेट्रिक टनदेखि बढीमा दश हजार मेट्रिक टन गहुँ आयात गर्न पाउने छन् ।

यसरी आयात गर्न चाहने फर्म वा कम्पनीको चुक्ता पूँजी कम्तीमा एक करोड रुपैयाँ बराबर हुनुपर्ने सूचनामा उल्लेख छ । यस्तै, गहुँ आयातका लागि नेशनल कोअपरेटिभ एक्स्पोर्टस लिमिटेडलाई शतप्रतिशत अग्रिम भुक्तानी दिनुपर्ने भएकाले वित्तिय स्रोतको सुनिश्चिता हुनुपर्छ ।

कम्पनीले आयात गर्न माग गरेको आधारमा प्राप्त कोटा विभागबाट अघिल्लो वर्षमा आवेदक कम्पनीले राजस्वमा गरेको योगदान र खाद्यान्न आयातमा अनुभव भएकालाई सक्षमताका आधारमा प्राथमिकता दिई बाँडफाँड गरिने जनाइएको छ ।

कोटा प्राप्त भएको मितिले तीन महिनाभित्र गहुँ आयात गरिसक्नुपर्छ । गहुँ आयात गर्न नसकेको अवस्थामा अनुमति प्राप्त भएको मितिले पन्ध्र दिनभित्र विभागमा जानकारी गराउनुपर्ने छ ।

विभागले गहुँ आयात गर्दा प्रचलित कानूनबमोजिम गुणस्तर मापदण्ड पालना गर्नुपर्ने, आयातित गहुँको मौज्दात, मूल्य, गुणस्तर र बिक्री विवरण साप्ताहिक रुपमा पेश गर्नुपर्ने पनि बताएको छ ।