
२०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको सम्झनामा आज आज नर्सिङ दिवस मनाइँदैछ । संघको स्थापना दिनको अवसर पारेर विविध कार्यक्रमको आयोजना गरि दिवस मनाउन लागिएको हो ।
यसअघि बिक्रम सम्बत २०१८ माघ १५ गते नर्सहरूको पेशागत सुरक्षा र हकहितका लागि भन्दै स्थापना भएको नेपाल नर्सिङ संघको अवसर पारेर यो दिवस मनाउन थालिएको हो । संघले स्वास्थ्यमन्त्री प्रदीप पौडेलेको उपस्थितिमा आज वार्षिकत्सव कार्यक्रम समेत मनाउँदैछ ।
यता नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले पेशागत सुरक्षा र पारिश्रमिक वृद्धिका लागि पटकपटक आन्दोलन गरे पनि सम्बोधन हुन नसक्दा नर्सहरु विदेशिने क्रम बढेको बताएकी छन् । उनले एक नर्सले ६ देखि बढीम ८ जना बिरामी हेर्नुपर्ने व्यवस्था विश्व स्वास्थ्य संगठनले गरेको भएपनि नेपालमा एक नर्सले ३० देखि ३५ जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको समेत उल्लेख गरेकी छन् ।
यसरि कम पारिश्रमिकमा धेरै काम गर्नुपर्ने बाध्यताको अन्त्य नहुदा वार्षिक सरदर ४ हजार नर्स उत्पादन भएपनि पछिल्लो समय विदेशिने क्रम बढेकाले उक्त समस्या समाधान गर्न सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको संघकी अध्यक्ष शर्माको भनाई रहेको छ ।