
छिमेकी मुलुक भारतको उत्तर प्रदेशस्थित प्रयागराजको कुम्भमेलामा भागदौड मच्चिदा धेरैजना हताहत भएका छन् । स्थानीय समय अनुसार गएराति करिब १ : ३० बजेको समयमा भागदौड मच्चिएको हो ।
उक्त भागदौडमा परि २ दर्जनभन्दा बढी मानिसको मृत्यु भएको हुनसक्ने आकलन गरिएको छ । आज हिन्दू धर्मावलम्बहिरुले मौनी अमावस्या अर्थात माघ कृष्ण औँसीका अवसरमा अमृतस्नानको तयारी गरिरहँदा त्यहाँ भागदौड मच्चिएको र त्यस क्रममा धेरै मानिसहरू हताहत भएको बताइएको छ ।
उक्त मेलामा नेपालबाट पनि धेरै हिन्दु धर्मावलम्बी स्नान गर्न गएका छन् भने उक्त घटनापछि सबै अखाडाहरूले मौनी अमावस्याको स्नान कार्यक्रम रद्द गरेको बताइएको छ ।