Advertisement Banner
Advertisement Banner

०५ आइतबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

युवा कानुन व्यवसायी सम्मेलन सुरु

१६ बुधबार , माघ २०८१४ महिना अगाडि

युवा कानुन व्यवसायी सम्मेलन सुरु

काठमाडौंको राष्ट्रिय सभागृहमा युवा कानुन व्यवसायी सम्मेलन सुरु भएको छ । सम्मेलन नेपाल बार एसोसियसनले पहिलोपटक आयोजना गरेको हो ।

उक्त सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए भने सम्मेलनमा देशभरका ७०० भन्दा बढी युवा कानून व्यवसायी सहभागी रहेको बताइएको छ । सम्मेलनमा ४० वर्षभन्दा कम उमेर समूहका कानून व्यवसायीलाई निःशुल्क सहभागी गराइएको छ भने ४० वर्षभन्दा बढी उमेर समूहका कानून व्यवसायीलाई एक हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

बार एसोसियसनले सरोकारवालालाई राष्ट्रको दिगो विकासमा कानून परिपालनाको महत्त्वबारे अवगत गराउन युवा कानून व्यवसायीको भूमिका महत्त्वपूर्ण हुन सक्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै सम्मेलनको आयोजना गरिएको बताइएको छ ।