Advertisement Banner
Advertisement Banner

०५ आइतबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

त्रिकोणात्मक टी-२० शृङ्खला आजदेखि सुरु

१७ बिहिबार , माघ २०८१४ महिना अगाडि

त्रिकोणात्मक टी-२० शृङ्खला आजदेखि सुरु

त्रिकोणात्मक टी-२० शृङ्खला आजदेखि सुरु हुँदैछ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल, नेदरल्यान्डस र थाइल्यान्डको त्रिकोणात्मक टी-२० शृङ्खला सुरु हुन् लागेको हो ।  

आजदेखि सुरु हुने शृङ्खलाको उद्‌घाटन खेलमा मध्याह्न १२ : १५ बजे नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्ने छ  । माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने बताइएको छ ।

नेपाल र नेदरल्याण्ड्स र थाइल्यान्डको सहभागिता रहने त्रिकोणात्मक टी-२० शृङ्खलाको पूर्वसन्ध्यामा बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले ट्रफी सार्वजनिक गरेको थियो । 

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्याण्ड्सकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका हुन् ।