Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

आज सोनाम ल्होसारको सार्वजनिक बिदा

१७ बिहिबार , माघ २०८१एक बर्ष अगाडि

आज सोनाम ल्होसारको सार्वजनिक बिदा

आज तामाङ समुदायको बिशेष पर्व सोनाम ल्होसारको अवसरमा देशैभर सार्वजनिक बिदा दिएको छ । सरकारले तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा देशैभर सार्वजनिक बिदा दिएको हो ।

आज तामाङ समुदायले सोनाम ल्होसार पर्वको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै धुमधामका साथ् सोनाम ल्होसार मनाउदै छन् । ‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको यस पर्व तामाङ समुदाय देश तथा बिदेशमा धुमधामका साथ् मनाउने गरेका छन् ।

सोनाम ल्होसार तामाङ समुदायको मौलिक पर्व हो भने डम्फु बाजाको धुन, तामाङ सेलोको लय, परम्परागत वेशभूषा तथा विशेष परिकार यो पर्वको विशेषता हुन् । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्दै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गरेर मनाउने गरेका छन् ।

तामाङ समुदायले मनाउने यो पर्व तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ-आफ्नै शैली र परम्पराअनुसार मनाउँदै आएका छन् ।

त्यसैगरी सोनाम ल्होसारको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा बिभिन्न राजनीतिक दलका नेताहरुले यस्ता बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजका मौलिक पर्वहरुले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास सहित शुभकामना व्यक्त गरेका छन्  ।