Advertisement Banner
Advertisement Banner

०५ आइतबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

अमेरिकी एयरलाइन्स र हेलिकप्टर ठोक्कियो

१७ बिहिबार , माघ २०८१४ महिना अगाडि

अमेरिकी एयरलाइन्स र हेलिकप्टर ठोक्कियो

अमेरिकाको रेगन राष्ट्रिय विमानस्थलमा अमेरिकी एयरलाइन्स हेलिकप्टर ठोक्किएर दुर्घटना भएको छ । गएराती ९ बजे एयरलाइन्स हेलिकप्टर ठोक्किएर दुर्घटना भएको र उक्त विमानमा ६० यात्रु र ४ क्रु मेम्बर गरि ६४ जना सवार रहेको संघीय उड्डयन प्रशासनले जनाएको छ ।  

विमान र हेलिकप्टर ठोक्किएपछि हेलिकप्टर पोटोमेलोक नदीमा खसेको थियो । यता रेगन एयरपोर्टले सामाजिक सञ्जाल एक्समार्फत अहिले सबै उडानहरू रोकिएको बताउदै दुर्घटना बारे चिन्तित रहेको बताएको छ ।

त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेगन राष्ट्रिय विमानस्थलमा भएको भयानक दुर्घटना बारे पूर्ण जानकारी पाएको बताएका छन् । अहिले उक्त दुर्घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।