
काभ्रेपलाञ्चोक जिल्लाको ९ वटा स्थानीय तहले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको बाहुल्य रहेको काभ्रेपलाञ्चोक जिल्लामा ९ वटा स्थानीय तहले माघ १६, १७ र १८ गते तीन दिन बिदा दिएको हो ।
काभ्रेपलाञ्चोक जिल्लाका ९ पालिकाहरु नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका रोशी, तेमाल, बेथानचोक, महाभारत, खानीखोला, भुम्लु र चौरीदेउराली गाउँपालिकाले सोनाम ल्होछार २०८१ का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
माघ १६ गते शहीद दिवस र १७ गते संघीय सरकारले पनि ल्होछारका अवसरमा सार्वजनिक बिदा दिएकोमा स्थानीय सरकारले अतिरिक्त एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो । तामाङ समुदायको बाहुल्य रहेको जिल्लाका सबै स्थानीय तहमा सोनाम ल्होछार मनाउने गरिन्छ ।