Advertisement Banner
Advertisement Banner

०५ आइतबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

ओखलढुंगामा सुमो दुर्घटना ३ जनाको मृत्यु

१७ बिहिबार , माघ २०८१४ महिना अगाडि

ओखलढुंगामा सुमो दुर्घटना ३ जनाको मृत्यु

ओखलढुंगामा सुमो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । खोटाङबाट काठमाडौं तर्फ आइरहेको ना १ ज ६४२१ नम्बरको सुमो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ भँडारे खोलामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

काठमाडौं तर्फ आइरहेको सुमो दुर्घटना हुँदा खोटाङका ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङ मृत्यु भएको छ । दुर्घटनामा परेको सुमो दिक्तेलबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको प्रहरीले जनाएको छ भने सुमोमा चालकसहित चार जना सवार रहेका थिए ।

सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ भँडारे खोलामा सुमो दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार तारा गुरुङ मृतक मायाकी बहिनी हुन् भने बिरामी मायालाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर आउदै गर्दा सुमो सडकबाट करिब १ सय मिटर तल खसेको थियो ।

सुमो चालक सुनसरीको इनरुवा नगरपालिका-२ का २२ वर्षीय अनिल पण्डित फरार भएका छन् भने दुर्घटना बारे थप अनुसन्धान भइरहेको बताइएको छ ।