
काठमाडौँ विश्वविद्यालयमा डाक्टरहरूले पनि उपकुलपतिका लागि आवेदन दिन पाउने भएका छन् । कार्यविधि परिमार्जन गरिएसँगै डाक्टरहरूले पनि आवेदन दिन पाउने भएका हुन् ।
विश्वविद्यालयको उपकुलपतिका लागि बिहीबार बसेको सिफारिस समितिको बैठकले कार्यविधि परिमार्जन गर्ने निर्णय गरेकाे र उक्त कार्यविधि परिमार्जन पछि डाक्टरहरूले पनि आवेदन दिन पाउने व्यवस्था गरिएकाे हाे । समितिको बैठकले कार्यविधि परिमार्जन गर्ने निर्णय गरेपछि डाक्टरहरूकाे लागि पनि आवेदनकाे बाटाे खुला भएकाे हाे ।
यसअघिकाे कार्यविधिमा मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने भनिएको थियो । उक्त प्रावधानमा मेडिकलको सबैभन्दा ठूलो प्राज्ञिक योग्यता एमडी, एमएस र एमडीएस नसमेटिएको डाक्टरहरूको जिकिर थियो ।
अहिले मेडिकलको सबैभन्दा ठूलो प्राज्ञिक योग्यतालाई पनि समावेश गर्ने गरी कार्यविधि संशोधन गरिएको र सिफारिस समितिले पुनः केही दिनको समय दिएर शुक्रबार आवेदनको लागि सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ ।