
नवलपरासीकाे कावासोती नगरपालिका–१ का वडाध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ । आज दिउँसो हृदयघातका कारण वडाध्यक्ष मियाँको निधन भएकाे हाे ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) कावासोती नगरपालिका–१ का वडाध्यक्ष मियाँ गैँडाकोटमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा सहभागी भएर अधिवेशनमा स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिने क्रममा ढलेका थिए । उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषित गरेकाे बतइएकाे छ ।
अधिवेशनमा सहभागी मियाँको हृदयघातका कारण मृत्यु भएको युवा संघका केन्द्रीय सदस्य मदन गिरिले जनाएका छन् । स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचित ३७ वर्षिय मियाँकाे श्रीमती, तीन छोरी र एक छोरा छन् ।
मृतक मियाँ राष्ट्रिय युवा संघ नेपाल नवलपुरका सहसचिवसमेत हुन् ।