
युएईमा आकर्षक तलबकाे जागिरमा पठाइदिन्छु भनि ठगि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलबको प्रलोभनमा पारि वैदेशिक रोजगारीमा युएई पठाउने भन्दै रकम ठगि गर्नेलाई प्रहरीले पक्राउ गरेको हाे ।
दाङ तुल्सीपुर उपमहानगरपालिका-१९, घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७, मूलपानी बस्ने ४५ वर्षीय वसन्त योगीलाई प्रहरीले पक्राउ गरेको हाे । योगीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको बताइएकाे छ ।
युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९३ हजार रूपैयाँ लिएर योगी सम्पर्कविहीन भएपछि पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टाेलिले काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको थियाे ।
पक्राउ परेका योगीलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ ।