Advertisement Banner
Advertisement Banner

१९ आइतबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

कुचो संघको तेस्रो साधारण सभा सम्पन्न

२० आइतबार , माघ २०८१६ महिना अगाडि

कुचो संघको तेस्रो साधारण सभा सम्पन्न

ललितपुरकाे गोदावरीमा नेपाल कुचो संघको तेस्रो साधारण सभा सम्पन्न भएको छ । हस्तनिर्मित कुचोको डिजाइन प्रदर्शनी, वनभोज कार्यक्रमकाे आयोजना सहित साधारण सभा सम्पन्न भएको हाे ।

संघको तेस्रो साधारण सभामा कृषि उद्योग केन्द्रका सभापति डिबी बस्नेतले कुचो संघले उठाएका महत्त्वपूर्ण मुद्दामा सहकार्य गर्दै अघि बढ्ने बताएका थिए । त्यसैगरि रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाईँ र नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय सदस्य टंक कट्टेलले व्यवसायी र उद्यमीको समस्या समाधानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संघको प्रशंसा गरेका थिए ।

उक्त तेस्रो साधारण सभामा महासचिव धनपति पोखरेल र कोषाध्यक्ष रुष्मा खतिवडाले प्रस्तुत गरेको प्रतिवेदन पारित गर्दै संघका अध्यक्ष राजकुमार कार्कीले संघको गतिविधिबारे जानकारी गराउँदै दोस्रो राष्ट्रिय अधिवेशन झापाको धुलाबारीमा आयोजना गर्ने बताएका छन् । शनिबार सम्पन्न कार्यक्रममा वीरगञ्जका व्यवसायी राधाकृष्ण शाहलाई सम्मान समेत गरेकाे थियाे ।