Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

पूर्वी जिल्लाहरुमा यातायात बन्द जनजीवन प्रभावित

२० आइतबार , माघ २०८१एक बर्ष अगाडि

पूर्वी जिल्लाहरुमा यातायात बन्द जनजीवन प्रभावित

ताप्लेजुङ जिल्लाको पाथीभरा मन्दिरमा केबुलकार निर्माणको विरोध गर्दै आएको मुकुम्लुङ संरक्षण अन्तरदलीय पार्टीहरूले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ । माघ २०-२१ गते आवहान गरेको बन्दको कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको हो ।

केबुलकार निर्माणको विरोध गर्दै माघ २०-२१ गते अरुणपूर्वका ९ जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा) बन्दको आह्वान गरिएको छ ।
बन्दका कारण कोशी प्रदेशका पहाडी जिल्लामा सवारी साधन ठप्प बनेका छन् ।

त्यस्तै बन्दका कारण कोशी राजमार्ग धरानबाट धनकुटा हुँदै तेह्रथुम र संखुवासभा जाने तथा पहाडी क्षेत्रबाट तराई जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् । बन्दकर्ताले धार्मिक आस्थामा खलल पुर्‍याउने गरी व्यापारिक घरानालाई केबुलकार बनाउन दिएको भन्दै विरोध गर्दै आएका छन् ।

यता केही दिनअघि प्रहरीसँगको झडपमा ३ जना गोली लागी गम्भीर घाइते भएपछि आन्दोलन चर्किदै गएको छ । उनीहरुले केबुलकार निर्माण रोक्नुपर्ने, प्रहरीको गोली लागि घाइते भएकाहरुको  आजीवन जीवन निर्वाहको व्यवस्था गर्नुपर्ने र यसअघ गिरफ्तारीमा परेकालाई विनाशर्त रिहाइ गर्नुपर्ने माग राखी दुई दिन बन्द आह्वान गरेका हुन् ।