Advertisement Banner
Advertisement Banner

०५ आइतबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

बाग्मती र रुद्रमती दोभान क्षेत्रमा सफाइ

२० आइतबार , माघ २०८१४ महिना अगाडि

बाग्मती र रुद्रमती दोभान क्षेत्रमा सफाइ

काठमाडौँको थापाथलीस्थित बाग्मती र रुद्रमती दोभान क्षेत्रमा सफाइ गरिएको छ । काठमाडौँ महानगरपालिका-११ को संयोजनमा  बाग्मती सफाइ महाअभियानको ६१२ औँ हप्ताको सफाइ कार्यक्रम अन्तर्गत बाग्मती र रुद्रमती दोभान क्षेत्रमा सफाइ गरिएको हो ।

अभियानकर्मी किशोरसिंह शाहीका अनुसार ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयं सेवा’ भन्ने मूल नाराका साथ सम्पन्न भएको सफाइबाट नकुहिने एक दशमलव पाँच मेट्रिकटन फोहर व्यवस्थापन गरिएको बताइएको छ ।

यसअघि बि.स. २०७० जेठ ५ गतेदेखि प्रत्येक साताको शनिबार वाग्मती सफाइ महाअभियान सञ्चालन हुँदै आएको छ । सोहि सफाइ महाअभियान अन्तर्गतको कार्यक्रममा कामनपा–११ का वडाध्यक्ष हिरालाल तण्डुकार, वडा सदस्य दीपेश राउत, आशा श्रेष्ठ, यसोमती यशु, जीवन विज्ञान, ब्रह्मकुमारी राजयोग केन्द्र थापाथलीका दिदीबहिनीलगायतको उपस्थितिमा सफाइ भएको हो ।

सफाइ महाअभियान अन्तर्गत शनिबार उठाइएको फोहर महानगरपालिका, वातावरण व्यवस्थापन विभाग, टेकुले व्यवस्थापन गरेको बताइएको छ ।