Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

केबलकार निर्माणको विरोधीमा माइतीघरमा सडक नाटक

२० आइतबार , माघ २०८१एक बर्ष अगाडि

केबलकार निर्माणको विरोधीमा माइतीघरमा सडक नाटक

ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माणको विरोधमा कोशी प्रदेश केन्द्रित आन्दोलन गर्दै आएका पहिचानवादीहरुले अब राजधानीमा पनि प्रदर्शन गर्ने भएका छन् । केबलकार निर्माण र मुक्कुमलुङ अतिक्रमणविरुद्ध भोलिदेखि माइतीघर मण्डलामा सडक नाटक गर्न लागिएको हो ।

मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिको आयोजनामा ‘सरकार छातीमा गोली ठोकेर, हाम्रो अस्तित्वलाई ढाल्न सक्दैनौं’ भन्ने शीर्षकमा भोलि दिउँसो साढे १२ बजेबाट माइतीघर मण्डलामा सडक नाटकसँगै कविता सुनाउने कार्यक्रम रहेको छ । समितिले कार्यक्रममा सहभागी हुन सम्पूर्णलाई आग्रह समेत गरेको छ । भनिएको छ, ‘तपाईँ हाम्रो सहभागिा, मुक्कुमलुङ संरक्षणका लागि बल पुग्नेछ ।’

पाथीभरा क्षेत्रमा चलिरहेको केबलकार निर्माणको लफडाले उग्र रुप लिइरहेको छ । केबलकार निर्माणको विरोध गर्दै आएका पहिचानवादीहरुले गत माघ १५ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गरेका छन् ।  यातायात बन्दका कारण अत्यावश्यक काममा सर्वसाधारण जिल्लाबाट बाहिर जान नसक्ने अवस्थामा पुगेका छन् ।