
नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका लागि चालु आर्थिक वर्षको छ महिनामा ५६ अर्ब ८३ करोड रूपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको छ महिना उक्त रकम खर्च गरेका हुन् ।
चालु आर्थिक वर्षको छ महिनामा गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब बढीले कमी आए पनि शिक्षाको नाममा बिदेसिने रकम बढ्दो क्रममा रहेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ । यसअघि गत आर्थिक वर्ष वैदेशिक अध्ययनका लागि ५८ अर्ब ९५ करोड बराबरको रकम बिदेसिएको थियो ।
त्यसैगरि समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई १ खर्ब १ अर्ब ९२ करोड पुगेको बताइएकाे छ । गत वर्ष ६ महिनाको अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड बराबर रहेकाे थियो ।
समीक्षा अवधिमा खुद सेवा आय ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ भने अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो ।
सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भएर ४१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रहेको बताइएकाे छ ।