Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

गुणस्तरहीन कोडेप ट्याब्लेट फिर्ता गर्न विभागको निर्देशन

२१ सोमबार , माघ २०८१एक बर्ष अगाडि

गुणस्तरहीन कोडेप ट्याब्लेट फिर्ता गर्न विभागको निर्देशन

औषधी व्यवस्था विभागले गुणस्तरहीन औषधीलाई तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । लोमस फर्मास्युटिकल प्रालिद्धारा उत्पादित कोडेप ट्याब्लेट बेचबिखनमा रोक लगाउँदै विभागले बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।

विभागले सूचना जारी गर्दै भनेको छ, ‘उत्पादक लोमस फर्मास्युटिकल प्रालि गोठाटार, काठमाडौंबाट उत्पादित कोडेप ट्याब्लेट नामको औषधी तोकिएको स्तरबमोजिम नभएको पाइएकोले उक्त औषधीको उत्पादन तथा बिक्रीवितरण रोक्का राख्नुका साथै बजारमा उपलब्ध सम्पूर्ण ब्याचहरु समेत फिर्ता गर्नू...।’

त्यसको विवरण समेत विभागमा यथासिघ्र पेश गर्न निर्देशन दिइँदै उक्त औषधीको सिफारिस, बेचबिखन तथा प्रयोग नगर्न नगराउन भनिएको छ ।