Advertisement Banner
Advertisement Banner

०५ आइतबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

विदेशबाट पनि श्रम स्वीकृति दिन सुरू

२३ बुधबार , माघ २०८१३ महिना अगाडि

विदेशबाट पनि श्रम स्वीकृति दिन सुरू

विभिन्न माध्यमबाट वैदेशिक राेजगारीका लागि विदेशमा पुगेका नेपाली श्रमीकलाइ सरकारले विदेशमै श्रम स्वीकृति दिन थालेको छ । यहि माघ १८ गते शुक्रबारदेखि नेपाली राजदूतावास ओमानको मस्कटस्थित सलालाबाट सेवा दिन सुरू गरेकाे हाे ।

सरकारले विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाई श्रम स्वीकृति दिन थालेको हाे । माघ १८ र १९ गते सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएकाे दूतावासले विज्ञप्तिमा मार्फत जानकारी गराएकाे छ ।

ओमान पुगेर काममा लागेका तर श्रम स्वीकृति नभएका नेपालीलाई राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले श्रम स्वीकृति प्रदान गरेकाे बताइएकाे छ । उक्त कार्यक्रममा राजदूत अर्यालले नेपाली श्रमिकको हकहितका लागि हरेक किसिमको सहयोग गर्ने बताएका थिए ।

त्यस्तै वैदेशिक रोजगार विभागका महानिर्देशक खत्रीले श्रम स्वीकृतिविना विदेश आउँदा हुने समस्याबारे सचेत गराउँदै श्रम स्वीकृति लिएर मात्र वैदेशिक राेजगारमा जानुपर्ने बताएका थिए ।