
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा झन्डै ३ हजार ७ सय बालबालिका हराएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा ३ हजार ६ सय ९८ बालबालिका हराएका हुन् ।
नेपाल प्रहरीको तथ्यांक अनुसार ६ महिनाको अवधिमा हराएका बालबालिकामध्ये ३ हजार १ सय ६ जना फेला परेका छन् भने ५ सय ९० बालबालिका अझै भेटिएका छैनन् । जसमध्ये सबैभन्दा धेरै बालबालिका मधेशमा हराउने गरेको प्रहरीको केन्द्रीय कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मधेशमा मात्रै ६ सय ४५ बालिका र १ सय २१ बालक हराएका छन् । जसमध्ये २ सय ३९ बालबालिका अझै नभेटिएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार ६ महिनाको अवधिमा ३ हजार ६ सय ९८ बालबालिका हराएका मध्ये २ जनाको मृत्यु भएको जनाइएको छ ।