Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

वर्षा कुँवरलाई ‘मिसेस ब्युटी क्विन’उपाधि

२३ बुधबार , माघ २०८१९ महिना अगाडि

वर्षा कुँवरलाई ‘मिसेस ब्युटी क्विन’उपाधि

‘मिसेस ब्युटी क्विन’ नेपाल सिजन ७ को उपाधि रियलस्टेट व्यवसायी वर्षा कुँवरले प्राप्त गरेकी छन् । सिजन मिडियाले हिँजो साँझ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे कुँवरले उपाधि हात पारेकी हुन् ।

मिसेस ब्युटी क्विन नेपाल सिजन ७ मा करुणा विक ‘फष्ट रनरअप’ भएकि थिइन् भने ‘सेकेन्ड रनरअप’ रिन्जु कुसवहा भइन् । उक्त कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगिताले विवाहित महिलाको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास वृद्धिमा बल पुग्ने विश्वास व्यक्त गरिन् ।