Advertisement Banner
Advertisement Banner

०५ आइतबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते

२४ बिहिबार , माघ २०८१३ महिना अगाडि

ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते

काठमाडौंको कमलपोखरीमा आज बिहान ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइतेभएका छन् । कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइतेभएका हुन ।  

बिहान पाैने ८ बजेकाे समयमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएकाे काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् ।

वरिष्ठ उपरीक्षक खनालका अनुसार घाइतेमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने ३ जना सामान्य रहेको बताइएकाे छ । मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको र घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको बताइएको छ ।

ग्याँस सिलिण्डर पड्किएर गम्भीर घाइते भएका उदयपुरका २४ वर्षीय संजोग मगरसहित पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ ।