Advertisement Banner
Advertisement Banner

०४ शनिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

अब नेपालमै मंकीपक्सको जिन सिक्वेन्सिङ परीक्षण हुने

२४ बिहिबार , माघ २०८१३ महिना अगाडि

अब नेपालमै मंकीपक्सको जिन सिक्वेन्सिङ परीक्षण हुने

यसअघि नेपालमा परीक्षण गर्न नसकिएको मंकीपक्सको जिन सिक्वेन्सिङ परीक्षण अब नेपालमै हुने भएकाे छ । अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उक्त मंकीपक्स जिन सिक्वेन्सिङकाे परीक्षण गर्न सकिने भएकाे हाे ।  

यसअघि जिन सिक्वेन्सिङ परीक्षण देशबाहिर पठाउनुपर्ने बाध्यता रहेकोमा अब उक्त परिक्षण नेपालमै हुने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रन्जनराज भट्टले जानकारी दिएका छन् । डा. भट्टले नेपालमा गरिएकाे परीक्षण पश्चात् विदेशको प्रयोगशालाको नतिजाासँग ट्याली गरिएकोमा नतिजा शत प्रतिशत नै मिल्न आएकोले उक्त परीक्षण सफल भएको दाबी गरेका छन् ।

डा. भट्टले यो रुटिन टेष्ट अन्तर्गत नपर्ने भएकोले आम मानिसले गर्दा कति खर्च लाग्छ भन्ने यकिन नभएको पनि बताएका छन् । ‘केही दिन अगाडि मात्रै भएको मंकीपक्स परीक्षण पीसीआर विधिबाट भएको थियो, त्यतिबेला एमपक्सको क्लेड (भाइरसको भेरियन्ट) पहिचान गर्नका लागि थाइल्यान्ड पठाइएको र अब उक्त पहिचान नेपालमा नै गर्न सकिने भएको छ’, डा भट्टले भनेका छन् ।