Advertisement Banner
Advertisement Banner

०४ शनिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

रविको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरु

२४ बिहिबार , माघ २०८१३ महिना अगाडि

रविको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरु

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले हिँजो बयान लिएको र लगत्तै थुनछेक बहस भए पनि नसकिएकाले आज दोस्रो दिन थुनछेक बहस सुरु भएको छ । चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा लामिछानेको मुद्दामा आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको हो ।

आज जिल्ला अदालतमा नेपाल सरकारका तर्फबाट छिमेकी जिल्लाबाट आएका न्यायाधिवक्ताहरुले बहस थालेको बताइएको छ । आज छिमेकी जिल्ला बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङका जिल्ला न्यायाधिवक्ता दशरथ पङ्गेनीले क्रमशः बहस गर्नेछन्  ।

हिँजो चितवन सरकारी वकिल कार्यालयबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ता अमृत सुवेदी र बुद्धवहादुर थापाले बुधबार बहस गरेका थिए भने हिँजै जाहेरवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका थिए ।

आजको बहसमा जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ता सुनिता अधिकारी र शम्भु बर्तौलाले वकालत गर्नेछन् बहने लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, धर्मराज आचार्य, अधिवक्ता डा नारायणदत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, गोपिलाल देवकोटा, केदारराज पन्त, दीपकराज तिमिल्सेना र सञ्जय गोले गरी १० जनाले बहस गर्ने बताइएको छ ।

हिँजो बहस जारी भएपछि लामिछानेलाई न्यायिक हिरासतका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको थियो ।