Advertisement Banner
Advertisement Banner

०४ शनिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

म्याग्दीमा केराको बोट सुक्न थालेपछि किसान चिन्तित

२४ बिहिबार , माघ २०८१३ महिना अगाडि

म्याग्दीमा केराको बोट सुक्न थालेपछि किसान चिन्तित

म्याग्दीमा रोग लागेर केराको बोट सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । जिल्लाको बेनी नगरपालिका, रघुगङ्गाा र मङ्गला गाउँपालिकाका विभिन्न ठाउमा गरिएको केरा खेतीमा रोग लागेर बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।  

हजारी केरा पसाउने बेला भएपछी बोट नै सुक्न थालेको र के कारणले त्यस्तो भएको हो भन्ने पत्ता लाउन नसकिएको स्थानीय किसान टेकबहादुर खड्काले बताएका छन् । खड्काले चार रोपनीमा केराखेती गरेको र अहिले पसाउने बेलाको केराको बोट सुक्न थालेको बताए ।

जिल्लाका खबरा, बगरफाँट, राखु, अर्मन, पीपलबोटलगायतका कृषकले केरा खेतीबाट राम्रो आम्दानी गर्दै आएका थिए । अहिले नयाँ खालको रोग आएको र कृषि प्राविधिकहरुले पनि रोग पहिचान गर्न नसकेकाले केरा खेती गर्दै आएका किसानले आफ्नो घरव्यवहार चलाउन समेत समस्या हुने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।