Advertisement Banner
Advertisement Banner

१६ बिहिबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

सिन्धुलीमा ईभी गाडी दुर्घटना ६ जना घाइते

२५ शुक्रबार , माघ २०८१६ महिना अगाडि

सिन्धुलीमा ईभी गाडी दुर्घटना  ६ जना घाइते

सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा ईभी गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । झापाबाट काठमाडौं तर्फ गइरहेकाे गाडी बिहान करिब पौने ४ बजेतिर वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा दुर्घटना भएकाे हाे ।

बिहान भएकाे दुर्घटनामा परेर ६ जना घाइते भएकाे मध्ये ४ जना पुरुष र २ जना महिला रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जना पुरुषको अवस्था गम्भीर रहेकाे र बाँकी चार जनाको अवस्था मध्यम रहेको बताइएकाे छ ।

बागमती प्रदेश ट्राफिक प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार दुर्घटना भएकाे गाडी आफैं अनियन्त्रित भएर सडकबाट तल खसेको हुन सक्ने अनुमान रहेकाे र अहिले घटनाको थप विवरण संकलन भइरहेको जनाइएको छ ।