Advertisement Banner
Advertisement Banner

१६ बिहिबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

एनओसीको निर्वाचनबाट खेलकुद संघ र महासंघलाई हटाउन राखेपको सूचना

२७ आइतबार , माघ २०८१६ महिना अगाडि

एनओसीको निर्वाचनबाट खेलकुद संघ र महासंघलाई हटाउन राखेपको सूचना

राष्ट्रिय खेलकुद परिषद्ले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा सहभागी खेलकुद संघ तथा महासंघहरुलाई कमिटीको काम कारबाहीबाट अलग्ग रहन सूचना निकालेको छ ।

आज सार्वजनिक सूचना निकालेर राखेपले एनओसी निर्वाचन अवैधानिक भएको ठहर गर्दै त्यसमा सहभागी राष्ट्रिय संघ तथा महासंघहरुलाई कमिटीको कुनै पनि बैठकलगायत काम कारबाहीमा सहभागी नगर्न नगराउन भनेको हो ।

अदालतबाट भएको अन्तरिम आदेश कार्यान्यनका लागि पटकपटक दिइएको निर्देशन  पालना नगरी मुद्दा विचाराधीन रहेको अवस्थामा आदेशविपरीत विद्युतीय माध्यममार्फत गरिएको निर्वाचनलाई कानूनसम्मत मान्न नसकिने राखेपको ठहर छ ।

सूचनामा उल्लेख छ, ‘नेपाल ओलम्पिक कमिटीलाई सम्मानित अदालतबाट भएको अन्तरिम आदेशको कार्यान्वयनका लागि राष्ट्रिय खेलकुद परिषद्बाट पटकपटक दिइएको निर्देशनको पालना नगरेको हुँदा सम्मानित अदालतमा प्रस्तुत रिट निवेदन विचाराधीन अवस्थामा रही सोको अन्तिम सुनुवाई नहुँदासम्म अदालतको आदेशविपरीत विद्युतीय माध्यमबाट निर्वाचन गरेको भनिएको नेपाल ओलम्पिक कमिटीको कुनै पनि बैठकलगायतका काम कारबाहीहरुमा त्यसरी अवैधानिक रुपमा निर्वाचनमा सहभागी राष्ट्रिय खेल संघ र महासंघहरुलाई सहभागी नगर्न–नगराउन जानकारी गराइन्छ ।’