
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस आज बिहान साढे ४ बजे दुर्घटना हुँदा झण्डै २ दर्जन घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डमा लु प्र ०३–००१ ख ००७७ नम्बरको बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् ।
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस नारायणगढ–मुग्लिन सडकखण्ड को सेतीदोभान पुलबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटना ग्रस्त भएकाे बसमा २८ जना सवार मध्ये २३ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जनाएकी छन् ।
दुर्घटनाका घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको बताइएकाे छ । प्रारम्भिक अनुसन्धान अनुसार बसको अगाडिको टायर पञ्चर भएपछि सन्तुलन गुमेर दुर्घटना भएको र घटनाको थप अनुसन्धान भइरहेको छ ।