Advertisement Banner
Advertisement Banner

०४ शनिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

सल्यान महोत्सव स्थलमा आगलागी करोडाैंको क्षति

२७ आइतबार , माघ २०८१३ महिना अगाडि

सल्यान महोत्सव स्थलमा आगलागी करोडाैंको क्षति

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरको दोस्रो बृहत सल्यान महोत्सव आगलागी हुँदा करोडाैंको क्षति भएकाे छ । महोत्सव सुरू भएकाे ८औं दिन राति आगलागी हुँदा करोडौं सामान जलेर नस्ट भएको हो ।

माघ १८ गतेबाट जारी दोस्रो बृहत सल्यान महोत्सवमा स्थलमा गएराति ११ बजे आगलागी भएको बताइएकाे छ । आगलागी हुँदा महोत्सवमा राखिएका १३५ स्टल मध्य ८० स्टल जलेर नष्ट भएकाे राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाले जनाएका छन् ।

गएराति ११ बजे स्टलमा आगलागी भएको र आगलागीबाट ८ करोड वढिको क्षति भएको अनुमान गरिएको छ । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयद्वारा राति नै आगो नियन्त्रणमा लिए पनि क्षतिको विवरण आउन र आगो कसरी लागेको भन्नेबारे अनुसन्धान भइरहेको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिएका छन् ।