
काठमाडौँको माइतीघरमा रक्षामन्त्री मानवीर राई चढेको गाडीले एउटा मोटरसाइकललाई ठक्कर दिएको छ । रक्षामन्त्री राई चढेको गाडीले रोकिएको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो ।
रक्षामन्त्री राई चढेको गाडीले माइतीघरमा रोकिएको पल्सर मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार रक्षामन्त्री चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिएर हुइँकिएको थियो ।
मन्त्रीको गाडीले एउटा मोटरसाइकललाई सामान्य ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गाडीको ठक्करबाट मोटरसाइकलको लुकिङ् ग्लास फुटेको छ भने चालकलाई कुनै चोटपटक लागेको छैन ।
उक्त घटनाबारे अहिले सिंहदरबारमा छलफल भइरहेको छ भने मोटरसाइकल चालकसहित गाडी त्यहीँ पुर्याइएको प्रहरीले जनाएको छ ।