Advertisement Banner
Advertisement Banner

०४ शनिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

प्रहरीलाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

२८ सोमबार , माघ २०८१३ महिना अगाडि

प्रहरीलाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

नियमित गस्तीमा रहेका नेपाल प्रहरीमाथि अभद्र व्यवहार (कुटपीट) गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको छ । यसअघि माघ २४ गते काठमाडौं महानगरपालिका–२६, ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा प्रहरीमाथि हातपात गरेका अभियाेगमा उनीहरूलाई नियन्त्रणमा लिइएकाे हाे ।

प्रहरीले ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई हिँजाे माघ २७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरिक्षक अपीलराज बोहराले जानकारी दिएका छन् ।

पक्राउ परेका सिग्देल र फुलाराले गस्तीमा रहेको प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए । प्रहरीले पक्राउ परेका दुवैलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

हाल पक्राउ परेका सिग्देल र फुलारालाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएकाे छ ।